Wednesday April 24, 2024 | |

सावित्री कंचनजंगा अगरबत्तीद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरुलाई विभिन्न समाग्री वितरण

featured-news

काठमाडौं – बिगतका बर्षहरुमा जस्तै यसपाली पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा सावित्री कंचनजंगा अगरबत्तीले पाटन कृष्ण मन्दिर परिसरमा निःशुल्क शुद्ध पिउने पानी, मास्क, अगरबत्ती, तथा क्याप वितरण गरेको छ।

पाटन कृष्ण मन्दिर धाममा हजारौ भक्तजनहरु ब्रत बसि कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई कम्पनीले उपलब्ध गराएको निःशुल्क शुद्ध पिउने पानीले भक्तजन हरुलाई निकै राहत प्रदान गरेको थियो । उक्त दिन करिव १० हजार भक्तजन हरुलाई शुद्ध पिउने पानी उपलब्ध गराइएको थियो ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार