Tuesday March 19, 2024 | |

ट्रिपरको ठक्करबाट दुईको मृत्यु

featured-news

१३ पौष, काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको बयरवन–९ मा बुधबार बिहान ट्रिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालक र उनकी श्रीमतीको मृत्यु भएको छ । बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नं नखुलेको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राई र उनकी ३५ वर्षीया पत्नी विष्णुमायाको मृत्यु भएको हो ।

धनकुमारको घटनास्थलमै र मोटरसाइकलको पछाडि सवार विष्णुुमाया गम्भीर घाइते भएकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साढे ८ बजे निधन भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो । ठक्कर दिने ट्रिपरसहित त्यसका फरार चालकको खोजी भइरहेको  छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार