Saturday April 10, 2021 | |

ओखलढुंगामा चारजना सवार बोलेरो जिप भीरबाट खस्यो

featured-news

ओखलढुंगा– ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ ।

मंगलबार दिउसो गाउँपालिका ४ केत्तुकेबाट मानेभज्याङ गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो जिप धुसुनेको जंगलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित चारजना गम्भीर घाइते भएका छन् । उनीहरु चारैजना अचेत अवस्थामा छन् । धुसुने जंगलबाट करिब ७ सय मिटर तल भीरमा गएर गाडी अड्किएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मानिस डोरी बिना उद्धार गर्न नसक्ने गरी अड्किएकाले उद्धारमा ढिलाई भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । हालसम्म सवारी चालक भनिएका सिद्धिचरण नगरपालिका १० बेतिनीका २६ वर्षीय कमलबहादुर थापा र मानेभज्याङ गाउँपालिका ४ का ५ वर्षीय डोलकुमारी मगरलाई उद्धार गरेर अस्पताल ल्याईएको छ ।

उनीहरु दुबै जना अचेत अवस्थामा रहेको र अवस्थासमेत गम्भिर रहेकाले थप उपचारका लागी काठमाडौँ पठाउनुपर्ने देखिएको प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

जिपमा रहेका अन्य दुईजना मानेभज्याङ ४ की ७१ वर्षीय वीनामाया मगर र सोही स्थानका टुल्की माया आले मगरको उद्धार कार्य जारी छ । उनीहरु पनि अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार