Saturday April 20, 2024 | |

रीमाको स्टाइल (फोटो फिचर)

featured-news

नायिका रीमा विश्वकर्मा स्टारर फिल्म ‘मिस्टर नेपाली’ प्रदर्शन हुन बाँकी छ । मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रीमा अभिनयमा खासै जम्न सकिनन् । बरु उनी ‘नेपाल आइडल’ को होस्ट बनेका कारण चर्चामा छिन् ।

रीमाले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । आफ्नो सुन्दर रुपमा कारण चर्चामा रहने रीमा पछिल्लो समय फिल्ममा भने खासै देखिएकी छैनिन् ।

उनले ऋतु, भिसा गर्ल, भाले फाइट लगायतका फिल्ममा अभिनय गरेकी छिन् । साथै उनलाई कोहलपुर एक्सप्रेसको एक गीतमा पनि देखिएको थियो ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै रमाउने गर्छिन् । उनले आफ्नो जीवनका प्रायः इभेन्टलाई सामाजिक सञ्जालका माध्यमबाट शेयर गरेकी हुन्छिन् । यहाँ हामीले सामाजिक सञ्जालमा रीमाले शेयर गरेका केही सुन्दर तस्वीर प्रस्तुत गरेका छौँ:

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार