Thursday April 25, 2024 | |

बैशाख ७ गतेदेखि कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन सुरु

featured-news

काठमाडौँ– कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा ९डोज० लिएकालाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्रो डोज दिने निर्णय गरेको हो ।

पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने बैठकको निर्णय छ । सोहीअनुसार स्वास्थ्य कार्यालयले खोप लगाउने मिति र केन्द्रको सूची प्रकाशित गरेको छ ।

कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो, सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार