Thursday April 25, 2024 | |

डढेलोमा परेर लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु

featured-news

बुटवल– लुम्बिनी प्रदेशमा डढेलोमा परेर दुई जनाको ज्यान गएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ७ की ९ वर्षकी एक बालिका र पाल्पा माथागढी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले जानकारी दिए ।

पौडेलले प्रदेशभरका सबै जिल्लामा डढेलो लागेको बताए । गर्मी बढेसँगै प्रदेशका महाभारत र चुरे पहाडहरुमा डढेलोको प्रकोप बढेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको जानकारीअनुसार याम शुरू भएपछि हालसम्म प्रदेशभरका वनहरूमध्ये ३६८ स्थानका १८ हजार ५८६ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

शनिबार साँझसम्मको विवरणअनुसार पछिल्लो चार दिनमा थप ९२ स्थानका ३ हजार २३७ हेक्टर क्षेफलमा डढेलो फैलिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसमेत गरेर प्रदेशमा अहिले ५६ वटा डढेलो रहेको संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । चैत १७ गतेसम्म २७६ स्थानमा १५ हजार ३४९ हेक्टरमा लागेको डढेलो गत शनिबारसम्म ३६८ स्थानमा १८ हजार ५८६ हेक्टरमा फैलिएको छ । पाँच दिनमा ९२ स्थान र ३ हजार २३७ हेक्टरले डढेलो बढेको हो ।

सबैभन्दा धेरै डढेलो अर्घाखाँचीमा छ । जिल्लाको ६८ स्थानमा ९ हजार ७१५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । त्यस्तै धेरै डढेलो लागेका जिल्लाहरू नवलपरासी, कपिलवस्तु, गुल्मी छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार