Friday April 26, 2024 | |

मनोनयन दर्तापछि संसदको आयु सकिन्छ : प्रचण्ड

featured-news

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको आयु नलम्ब्याउने बताएका छन् । धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै मनोनयन भएकै दिन संसदको आयु सकिने बताएका हुन् ।

‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’, प्रचण्डले भने, ‘एकदिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुविधा छैन ।’

सरकारले संसदको आयु बढाउन फास्टट्रयाकबाट विधेयक ल्याउन थालेपछि चौतर्फी विरोध भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले संसद्को गरिमा नरहने भन्दै राजीनामा दिएका थिए ।

यसअघि सरकारले नयाँ प्रतिनिधिसभाका सांसदहरु निर्वाचित भएर पहिलो बैठक बस्ने दिनसम्म संसदको आयु रहने गरी विधेयक संसदमा दर्ता गराएको थियो ।

कानुनविद्हरुले संसदको आयु लम्ब्याउन संविधानको मर्म र भावना विपरित भएको भन्दै चर्को विरोध गरेका थिए । सांसदहरु पनि सरकारले लयाएको विधेयकमा त्यति सहमत नभएपछि सरकार पछि हटेको हो।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार