Wednesday April 17, 2024 | |

मतदाताको व्यंग्यः उपेन्द्र यादव बारा २ मा ‘टुरिस्ट उम्मेदवार’

featured-news

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ‘टुरिस्ट उम्मेदवार’ भनेर खेदिएका खेदियै छन्। आगामी वैशाख १० मा हुन गैरहेको प्रतिनिधि सभा उपनिर्वाचनमा प्रतिष्पर्धा गर्न बारा पुगेका उपेन्द्रलाई स्थानीय युवा मतदाताले यसरी व्यंग गर्दै असन्तोष प्रकट गरिरहेको देखिन्छ।

रामसहाय यादवलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर खाली गरिएको बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट उपेन्द्र प्रतिष्पर्धा गरिरहेका छन्।

मंसीर १० मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादवले नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गरेका थिए। तर यतिबेला भने माओवादी केन्द्रको समेत सहयोगमा उपेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन्।

‘उपेन्द्र यादव मधेशको भूगोलमा चर्का नारा लगाएर राजनीतिमा उदाएका नेता हुन्। उनको त्यो चर्को नारा न मधेशवासीको हितमा थियो न त देश हितमै। थियो त केवल उनकै व्यक्तिगत मान प्रतिष्ठा र स्वार्थका लागि।’ कुनैबेला नेपाली कांग्रेसका लडाकू नेताको छवि बनाईसकेका नेता उमेश गिरीले उपेन्द्रका बारेमा गरेको टिप्पणी हो यो।

गिरीले तीखो आलोचना गरेर उपेन्द्रका बारेमा यसरी टिप्पणी गरेका छन्– ‘उनी पटक पटक सांसद मन्त्री र उपप्रधानमन्त्री पनि भए। तर जनताले सम्झनलायक एउटा पनि काम गरेनन्। सत्तामा रमाए मोजमस्ती गरे बसे। निर्वाचनका बेला जनताले किन सम्झिने उनलाई रु

हरेक मान्छेको आफ्नो थातथलो हुन्छ। उसले त्यस ठाउँलाई माया गर्छ। आफ्नो देशलाई माया गर्छ। तर उनले कुनै पनि ठाउँलाई माया गर्न सकेनन्। न त देशलाई नै माया गर्न जाने। उपियाँ जस्तो कहिले मोरङ्ग, कहिले सुन्सरी र कहिले सप्तरीमा उफ्रिरहे।’

गएको प्रतिनिधि सभा निर्वाचनमा उपेन्द्र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग १८ हजार मत अन्तरले सप्तरी २ बाट पराजीत भएका थिए। अहिले सत्ता गठबन्धनको सदस्य रहेको मौका छोपेर उपेन्द्रले गठबन्धनको समर्थन लिएर उपनिर्वाचन जितेर प्रतिनिधि सभा प्रवेश गर्ने प्रयाश गरेका छन्। यहाँ नेपाली कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर उपेन्द्रको समर्थन गरेको छ। माओवादी केन्द्रले पनि यसै गरेको छ।

अहिले उपेन्द्र उपनिर्वाचनको प्रचारमा बाराका गाउँ घुम्दा युवा मतदाताले उनलाई बाराका मतदाताले ‘टुरिस्ट उम्मेदवार’ भनेर विरोध गरिरहेका छन्।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार