Saturday April 20, 2024 | |

काँग्रेस केन्द्रीय सदस्य घिमिरे माथि गुण्डा नाइके ‘सगुन’ र ‘झिङ्गे’को समूहबाट आक्रमण

featured-news

 

काठमाडौं – नेपाली कांग्रेसको क्रियाशिल सदस्यको बिषयमा बागमती प्रदेशमा बिबाद टुंग्याउन गठन भएको समितिका संयोजक तथा पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरे माथि आक्रमण भएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को क्रियाशील सदस्यताको बिषयलाई लिएर भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ र झिङ्गे भनिने सञ्जय लामालगायतको समुहले संयोजक घिमिरे माथी हातपात गरेका हुन् ।

सगुन श्रेष्ठ र झिङ्गे दुबै जना प्रहरीको गुण्डाहरुको सूचीमा क वर्गमा सूचीकृत व्यक्त हुन् । अहिले सगुन श्रेष्ठ र झिङ्गे सिन्धुपाल्चोकका काँग्रेस नेता मोहन बस्नेतको निकट मानिन्छन् । प्रहरीका अनुसार आक्रमण गर्नेमा सिन्धुपाल्चोकका नेता हरिशरण श्रेष्ठ, बालकृष्ण बस्नेत, प्रेमध्यज लामा, ज्ञानेन्द्र थापासँगै र सानु सगुनलगायतको समूह थियो ।

छानबिन समितिमा क्रियाशील सदस्यता वितरणमा मनपरी गरेको उजुरी परेको थियो । उजुरीपछि समितिले मनपरी ढंगले सदस्यता बितरण गरेको ठहर गर्दै नयाँ क्रियाशील सदस्यलाई रद्ध गरी पुरानै सदस्यतालाई कायम गर्ने निर्णय गरेपछि विवाद बढेको थियो ।

विवाद बढ्दै जाँदा काठमाडौंको गौशाला पिंगलास्थानमा घिमिरेमाथि हातपात भएको हो । सिन्धुपाल्चोकका नेता एवं पूर्वसञ्चारमन्त्री मोहन बस्नेतको संरक्षकत्वमा रहेका श्रेष्ठको नेतृत्वमा खटिएका एक दर्जन युवाले नेता घिमिरेमाथि हातपात गरेका थिए ।

घिमिरेमाथीको आक्रमण संलग्न रहेका झिङ्गे बौद्धलाई आधारक्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्ष समेत रहेका श्रेष्ठ पछिल्लो समय आफ्नो आपराधिक ग्याङलाई मजबुत बनाउन झिङ्गेसँग मितेरी साईनो गाँसेर आपराधिक क्रियाकलाप गर्दै आइरहेका छन् ।

श्रेष्ठलाई उपाध्यक्षमै रहेका बखत पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएपछि तरूण दल केन्द्रीय कार्यसमितिले कारबाही गर्दै उपाध्यक्षबाट बर्खास्त समेत गरेको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार