Friday April 26, 2024 | |

यी हुन् नेपालका ५ चर्चित कलाकार, जसले डिर्भाेस गरे

featured-news

काठमाडौं – कलाकारहरुको जीवन र प्रेम जहिले पनि चर्चामा रहने गर्दछ । कलाकारको मिलन र विछोडका समाचार दर्शकको लागि नौलो खबर होईनन् ।

अझ कलाकारहरुको डिभोर्स त झनै चर्चामा रहने गरेको छ । यस मामलामा नेपाली कलाकार पनि अछुतो छैनन् । सोचे अनुसारको जिन्दगीले गति लिन नसेकेपछि नेपाली धेरै कलाकारको डिर्भाेस भएको छ । यहि मेसोमा डिर्भाेस गरेका केहि कलाकारको यहाँ चर्चा गरीएको छ ।

क) रेखा थापा र छविराज ओझा
निर्माता छविराज ओझासँग विहे गरेकी चर्चित नायिका रेखा थापाले १० वर्षे वैवाहिक सम्बन्धलाई तोडेकि थिइन् । ओझाले नै बनाएको हिरो फिल्मबाट नेपाली चलचित्रमा डेब्यु गरेकी रेखा थापाको वैशाखमा पूनः विवाह गर्ने खबर चर्चामा छ । रेखा हाल चलचित्र, राजनीति र सामाजिक अभियानलाई एकैसाथ अघि बढाउदै आएकी छिन् ।

ख) भुवन केसी र सुस्मिता केसी
सदावहार नायक भुवन केसी र नायिका सुस्तिमा केसी दुबै नेपाली फिल्मका वरिष्ठ कलाकार हुन् । पती पत्नी रहेका उनीहरुले विगतमा धेरै फिल्म बनाए र सँगै काम पनि गरे । तर प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध धेरै लामो समय टिक्न सकेन । यहि बीचमा उनीहरु छुट्टिन पुगे । उनीहरुको अन्य सम्बन्धको चर्चा चले पनि दुबैले दोस्रो विहे भने गरेका छैनन् । उनिहरुका छोरा मेघास्टार अनमोल केसी अहिले चलिचित्रमा सक्रिय छन् ।

ग) प्रियंका कार्की र रोचक मैनाली
२ बर्ष अघिसम्म निकै चर्चाकी अभिनेत्री प्रियंका कार्की आमा बने यता फिल्ममा सक्रिय छैनन् । उनी चाँडै फिल्ममा फर्कने चर्चा छ । उनी अहिले श्रीमान आयुष्मान देशराज जोशी र छोरीसंग छिन् । तर उनको यो सम्बन्ध पहिलो भने होइन । यस अघि प्रियंकाले रोचक मैनालीसँग विहे गरेकि थिइन् । पछि रोचकले फिल्मका लागि स्विकृती नदिएका कारण डिभोर्स गरेर प्रियंका नेपाल आएकी थिइन् ।

घ) अञ्जु पन्त र मनोजराज शिवाकोटी
सुमधुर आवाजकी धनी गायिका अञ्जु पन्तका सयौं गित चर्चित छन् । लोकप्रिय गायिका अञ्जुले मनोराज (शिवाकोटी)संग विवाह गरेकि थिइन् । सहमतीमै प्रेम विवाह गरेका अञ्जु र मनोराजको वैवाहिक जीवन लामो समय टिकेन । मनोजराजले अञ्जुसंग डिभोर्स पछि दोस्रो विहे गरे । अघिल्लो बर्ष मात्रै अञ्जुले समेत थिर कोइरालासंग विवाह गरीन् ।

ङ) मनोज गजुरेल र मिना ढकाल
चर्चित हास्यकलाकार मनोज गजुरेल र मिना ढकालले लामो वैवाहिक सम्बन्ध तोड्दै डिभोर्स गरे । २२ वर्षे लामो वैवाहिक सम्बन्धलाई टुंग्याउँदै उनीहरु अलग भएका थिए । उनीहरुबाट एक छोरा र एक छोरी छन् । सोच नमिलेका कारण सम्बन्धविच्छेद गरेपछि मिनाले विवाह गरेकि छैनन् । यता मनोजले भने मञ्जु पोख्रेलसंग विवाह गरेका छन् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार