Thursday March 28, 2024 | |

नेपाली सेनाका उपरथी प्रेम शाही अवकाशको मुखमा हिरासतमा, कारण यस्तो

featured-news

काठमाडौं – सैनिक उपरथी प्रेम शाहीलाई अवकाशको मुखमा नेपाली सेनाले सैनिक प्रहरी हिरासतमा राखेको छ।

उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका उपरथी शाहीलाई हिरासतमा राखिएको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले पर्दाफासलाई जानकारी दिए। प्रवक्ता भण्डारीका अनुसार विगतमा भ्रष्टाचार गरेको आरोप लागेको र उक्त विषयमा छानबिन बाँकी रहेकाले हिरासतमा लिइएको हो।

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए।

उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए। तर, उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हो।

उपरथी शाहीले विगतमा रथी हुनका लागि वास्तविक जन्ममितिभन्दा एक वर्ष कम उमेरका शैक्षिक प्रमाणपत्र लिएर रथी हुने प्रयास गरेको उच्च सैनिक स्रोत बताउँछ। यस विषयमा सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार