Friday March 29, 2024 | |

ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप

featured-news

प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् । 

सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ । 

प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरु सशक्त रुपमा नउभिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । बर्खे अधिवेशन असोज २ मा सकिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार