Thursday April 18, 2024 | |

नेपालसँग सफलताका लागि अावश्यक सबै चिज छ

featured-news

सन् २०११ मा रसायनशास्त्रको नोवेल पुस्कार विजेता प्रोफेसर डान सेक्चमेन इजरायली वैज्ञानिक तथा इन्जिनियर समेत हुन्। धुलखेलमा जारी १३ औं अन्तराष्ट्रिय क्वाजिक्रिस्टल सम्मेलन भाग लिन आएका उनीसँग नागरिकन्युजका कृष्ण ढुंगानाअखिलेश त्रिपाठीले गरेको अन्तर्वार्ता:

तपाइँले पत्ता लगाएको क्वाजीक्रिस्टलबारे नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको छ। नेपालमा यसको महत्व के छ?

यो १३ औं सम्मेलन हो। मैले ३० वर्ष अगाडि पहिलो सम्मेलनमा पनि भाग लिएको थिएँ। ३० वर्ष अगाडि आयोजना भएको सम्मेलनमा भाग लिने अहिले म एक जना मात्रै हो। हामीले प्रत्येक २–२ वर्षमा यो सम्मेलनको आयोजना गर्दै आएका छौँ। यस सम्मेलनमा क्वासिक पेरोडिक मेटरियलमा अनुसन्धान गर्ने अनुसन्धानकर्ता सहभागीता जनाउदै आएका छन्। यस्ता सम्मेलनमा हामीले यो क्षेत्रमा हुने नयाँ अध्ययन तथा प्रगतिबारे छलफल गर्छौं। यसकै क्षेत्रभित्र अनुसन्धान भइरहेका र गर्नुपर्ने कुराहरुमा छलफल हुन्छ। म आयोजक कमिटीमा छैन। म यहाँ निम्तालु मात्र हुँ। यस पटक नेपालले सम्मेलन आयोजना गर्ने प्रस्ताव राख्यो जसमा आयोजक कमिटीले सहमति जनायो।

नेपालमै यो सम्मेलन आयोजना गर्नुपर्ने कुनै विशेष कारण थियो?

हामीलाई नेपालले निमन्त्रणा ग¥यो। नेपाली अनुसन्धानकर्ताले त्यसमा रुचि देखाए। प्रत्येक पटक सम्मेलन आयोनाका लागि धेरै निमन्त्रणाहरु आउने गर्दछन्। यस पटक नेपाल यो सम्मेलन आयोजन गर्न इच्छुक रहेको पायौं। सबै किसिमको अध्ययनपछि यो पटकको सम्मेलन नेपालमा आयोजना भएको हो।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार