Friday April 19, 2024 | |

दृष्यपान गर्नुस साम्राज्ञीको सुन्दरता

featured-news

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय लाइमलाइटमा छिन् । दैनिकजसो उनी कतै न कतै व्यस्त भइरहन्छिन् । हाल उनी चलचित्र ‘मारुनी’ को प्रचारका लागि खुलेर लागेकी छिन् ।

चलचित्र ‘मारुनी’ मा क्रेजी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाउँछिन् । उनी भन्छिन्, ‘यो फिल्मको क्यारेक्टरले मलाई लोभ्यायो, तर वास्तविक जीवनमा म आफूलाई बढी माया गर्छु, मारुनीमा मैले एक प्रेममा पागल बन्न सक्ने युवतीको भूमिका निभाएकी छु ।’

फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

साम्राज्ञीले अभिनय गरेका चलचित्र ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनका क्रममा रहेका छन् । यसअघि उनले ६ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । पहिलो फिल्म ‘ड्रिम्स’ पछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

सुन्दरताका कारण सधै चर्चामा रहने साम्राज्ञीका यी तस्वीर फोटोग्राफर गणेश बस्यालले खिचेका हुन् ।

तस्वीरहरू: गणेश बस्याल

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार