Saturday April 27, 2024 | |

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलको अपिल

featured-news

काठमाडौँ – सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदातालाई अपिल गरेको छ ।

शुक्रबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी संयुक्त विज्ञप्तिमा सो अपिल गरिएको हो ।

साथै, केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिबद्धता पनि सत्तारुढ गठबन्धनले जनाएको गरेको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘‘केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूचि सार्वजनिक गरिएको छ । केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ ती स्थानमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’’

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार