Saturday April 27, 2024 | |

आजदेखि काठमाडौंका १७ ठाउँबाट कोरोनाको बुस्टर डोज दिइने

featured-news

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ ।

हिजोबाटै लगाउने भनिएको भएपनि काठमाडौंमा आजबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । आजबाट काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले आजदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।

काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्नेछ । यसअघि जुन खोप लगाइएको थियो बस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्नेछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार