Friday April 19, 2024 | |

चर्चा चाहाने रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीको कर्तुत

featured-news

काठमाडौं । स्थानिय तहको निर्वाचन अघि नै १५ किलोमिटर मोटरबाटो बनाउने प्रतिबद्धता जनाएका म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले निर्वाचित भएलगत्तै १५ किलोमिटर मोटरबाटोमा डोजर लगाए । यतिमात्र होइन, आफ्नै व्यक्तिगत खर्चमा बिजुली जडानका लागि अलपत्र परेका ट्रान्सफर्मर जोड्ने कामलाई समेत तीव्रता दिए ।
सुरुका दिनमा आक्रामक रुपमा काममा होमिएका अध्यक्ष भण्डारी निरन्तर चर्चामा आउन लागि परे । उनले आफ्ना नाममा आएको सेवा सुविधा पनि गाउँपालिकामा नै खर्च गर्ने घोषना गरे । यो विचमा गाउँमा यन्त्रीक हलो बाढ्ने देखि केही गरिव तथा अपाङ्ग भएकालाई सहयोग समेत गरे । तर तिनै अध्यक्ष भण्डारीले गाउँपालिकामा आएको बजेटको भने सहि सदुपयोग गर्न नसकेको आरोप लागेको छ । यति सम्मकी उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५० जनालाई १० दिन रोजगारी दिएको भनेर राज्यलाई प्रगति विवरण पठाएपनि यसमा गएको बजेट समेत झारा टार्ने काम गरेर सिध्याएको स्थानियबासी बताउँछन् ।
तर, आफ्नो खर्चमा समाज सेवा गरेको भने चर्चा बटुल्ने तीनै अध्यक्ष भण्डारीले गाउँपालिकामा आएको बजेट के मा र कहाँ खर्च भइरहेको छ भनेर एकिन तथ्याङ्क देखाउन भने सक्दैनन् । स्रोतका अनुसार, उनले आफ्नो खल्तीको रकम खर्च गरेर विकासको काम गरिरहेको भनेर चर्चा बटुल्ने र काम चाहिं गाउँपालिकाको रकममा गर्ने गरेका छन् ।
अध्यक्ष भण्डारीले गाउँपालिकाको रममबाट काम गरेर आफ्नो व्यक्तिगत खर्च भनेर चर्चा कमाउने मात्र होइन त्यही गाउँपालिकाको बजेटको रकम समेत दुरुपयोग गर्ने गरेको गाउँपालिकामा कार्यरत केही कर्मचारीको आरोप छ ।
उनले आफ्नो व्यक्तिगत खर्चमा समाज सेवाको काम गरेको भन्दै चर्चा बटुल्दै हिडेका छन् । तर, कहाँबाट ल्याएर गर्छन् त्यति विघ्न खर्च ? उनको आयस्रोत के हो ? अहिले आम स्थानियबासी यही प्रश्न गरिरहेका छन् । म्याग्दीको रघुगंगा स्थाइ घर भएका भववहादुर भण्डारी २०५४/५४ साल तिर बैदेशीक रोजगारीका लागि खाँडी मुलुकमा विदेशीएका थिए । बैदेशीक रोजगारीबाट फर्किएपछि उनले जग्गा दलाली देखि मेनपावरको दलाली सम्मको काम गरेर अकुत रकम कमाएको बुझिएको छ । अहिले उनिबाट पीडित केही सर्वसाधारण भने सम्पत्ति सुद्धीकरणमा जाने तयारीमा रहेको बुझिएको छ ।
पहुँचका आडमा भण्डारी आतंक
अध्यक्ष भण्डारीले जनप्रतिनिधिको पहुँच देखाउँदै प्रहरी, स्थानिय प्रशासन शक्तिकेन्द्र लगायत हातमा लिएर स्थानियलाई आतंकित बनाउने गरेको पुन, बोहोरा र सुवेदी थरका मानिसहरु नाम नबताउने सर्तमा बताउँछन् । अझ उनले पार्टीका शिषर्थ नेताहरु सँग सम्बन्ध छ भनेर स्थानियलाई हप्काउने समेत गरेका छन् । भण्डारी २०५४/५४ साल तिर बैदेशीक रोजगारीका लागि खाँडी मुलुकमा विदेशीएका थिए । तर, पछि नेपाल फर्किएपछि उनले युवाहरु जम्म गरेर बैदेशीक रोजगारीका लागि पठाउन थाले । पीडितहरुका अनुसार, भण्डारीले म्याग्दी, पर्वत, वाग्लुङका युवा सँग १ लाख ३० हजार सम्म उठाउने र ५० हजार तिरेर विदेश पठाउने गरेका थिए । उनको वन र वन्यजन्तुको कारोबारीहरु सँग समेत हेलमेल भएको बुझिएको छ । यसको प्रमाण हामी सँग सबै प्रमाण सुरक्षीत छन् त्यसलाई हामी आगामी दिनमा उनको कर्तुत खुलाउने नै छौं ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार