काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको थियो । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।
कोरोनाबाट संक्रमित हुने कर्मचारीको संख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेशी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ ।
हिजो स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने भएको छ । नेपाल बार एसोसिएसनमा आबद्ध विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सरकारले नारा जुलुस गर्न बन्देज लगाएको भए पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार लगायतले विगत ७८ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया