Friday April 26, 2024 | |

दिल्ली प्रदेशका ११ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा

featured-news

काठमाडौं – भारतको दिल्ली प्रदेशका ११ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै प्रदेश सरकारले रेड जोनबाट तत्काल नहटाइने प्रष्ट पारेको छ ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले कम्तिमा मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने  जानकारी दिएका हुन् ।

भारतमा लकडाउन जारी रहेपनि कोरोना भाइरस संक्रमितका आधारमा जोखिमको बर्गिकरण गर्दै मानिसको आवातजावतमा अझ कडाईं गर्न थालेको छ ।

भारतमा १३० जिल्ला उच्च जोखिमपूर्ण अर्थात ‘रेड जोन’ मा सूचिकृत गरिएका छन् भने २८४ जिल्लालाई ‘ओरेन्ज जोन’ र ३१९ जिल्लालाई ‘ग्रिन जोन’ को रुपमा सूचिकृत गरिएको छ ।

दिल्ली प्रदेशमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या चार हजार हाराहारी पुगिसकेको छ । भारतमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गत मार्च २४ तारिखदेखि लकडाउन जारी राखिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार