Wednesday April 24, 2024 | |

मुक्तिनाथ विकास बैंकले ल्यायो आकर्षक विमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’

featured-news

काठमाडौं – मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाखसम्मको बीमा सुविधादिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ आशिर्वाद बचत खाता ‘गोल्ड क्याटेगोरी’मा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्नेहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् । त्यसैगरी विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्तगर्न सक्नेछन ।

यसैगरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिन क्याटेगोरीमा न्यूनतम रु १००,००० मौज्दात राखेर खाताखोल्नेले ेआफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी कुल १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार