Thursday April 18, 2024 | |

नेपाललाई खोप उपलब्ध गराउन भन्दै बेलायतका १६ सांसदद्वारा विदेशमन्त्रीलाई पत्र

featured-news

काठमाडौँ– नेपाललाई खोप लगायत स्वास्थ्य सहायता उपलब्ध गराउन भन्दै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।

नेपालमा स्वास्थ्य संकटको अवस्थाबारे जानकारी गराउँदै उनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन तत्काल उपलब्ध गराउन विदेशमन्त्रीलाई पत्र लेखेका हुन् । उनीहरुले गोर्खा सैनिकले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला नगर्न भनेका छन् ।

विदेश मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ ।

 

 

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार