Thursday April 25, 2024 | |

गुमनाम वर्षा

featured-news

नायिका वर्षा राउतले फिल्म ‘जात्रै जात्रा’ बाट खुबै चर्चा कमाइन् । सो फिल्ममा वर्षाले गरेको अभिनयको तारिफ पनि भयो । चलचित्र ‘दाल भात तरकारी’ मा पनि उनको अभिनय रहेको थियो तर यो फिल्मबाट खासै चर्चा पाइनन् ।

पछिल्लो समय भने वर्षा फिल्मका कारण खासै चर्चामा छैनिन् । गतवर्ष अभिनेता सञ्जोग कोइरालासँग विवाह बन्धनमा बाँधिएकी वर्षा फाटफुट म्युजिक भिडियोमा भने देखिएकी छिन् । तर, फिल्ममा उनी देखिएकी छैनिन् । न त उनले अभिनय गर्ने कुनै फिल्मको नाम सार्वजनिक भएका छन् ।

वर्षाको चर्चा बरु हनिमुन गएका तस्वीरका कारण भएको थियो । तर पछिल्लो समय भने उनको खासै चर्चा हुँदैन । कतिपय हिट फिल्म दिएकी वर्षाको बिहेपछि फ्यान फलोइङ त पक्कै घटेको होइन । तर, किन उनी यतिबेला गुमनाम बनेकी छिन् । त्यो त उनलाई नै थाहा होला ।

 

 

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार