Friday April 19, 2024 | |

चलचित्र ‘हैरान’को दोश्रो गीत सार्वजनिक

featured-news

काठमाडौँ । चलचित्र ‘हैरान’को दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हिरो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारहरु गजित बिष्ट, निश्मा घिमिरे, वुद्दि तामाङ, सागर लम्साल र पुस्कर रेग्मीले अभिनय गरेका छन् । गीतमा संगीत तथा स्वर राजन इशानको छ भने गम्भिर बिष्टको शब्द रहेको छ । चलचित्रलाई विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेका छन् ।

चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।
डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।चलचित्र जेठ ४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार