Saturday April 20, 2024 | |

प्रधानन्यायाधीश जबराले भने– संविधान र ऐनले दिएको अधिकार प्रयोग गरेर बेन्च सञ्चालन गर्छु

featured-news

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालतमा बेञ्च सञ्चालन गर्ने बताएका छन् ।

काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले कसैले अन्दोलन गर्दैमा आफू राजीनामा कुनै हालतमा नदिने र कानुन अनुरा बेञ्च सञ्चालन गर्ने बताएका हुन् ।

अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधानन्यायाधीशले आफू जानकार रहेको बताएको उल्लेख गरे । मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु भन्नुभएको छ, प्रधानन्यायाधीश जबराको कुरा उल्लेख गर्दै अर्यालले भने, न्यायपालिकामा संकट आएको कुराप्रति जानकार छु । संविधानबमोजिम मेरो नियुक्ति भएको हो । संविधानबमोजिम नै बहिर्गमन हुन चाहन्छु भन्ने उहाँको कुरा थियो ।

प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् ।न्यायपालिकालाई नियमित रूपमा सञ्चालन गर्नका लागि आफूले जे गर्नुपर्ने हो त्यो गर्ने भनेको अधिवक्ता बसन्त बस्नेतले बताए । न्यायपालिकामा देखिएका विकृति र विसंगति अन्त्यका लागि कानुनबमोजिम जे-जे गर्नुपर्ने हो ती कार्य गर्ने प्रतिबद्धता प्रधानन्यायाधीशले व्यक्त गरेको बस्नेतले बताए ।

तत्काल बेन्च सञ्चालन गर्न, नेपाल बारले उठाएका जायज माग पूरा गर्न र न्यायपालिकामा देखिएका विकृति एवं विसंगति अन्त्यका लागि पहल चाल्न भन्दै अभियानले प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाएको हो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार