Thursday April 18, 2024 | |

माओवादीले मारेका कृष्णमोहनलाई प्रचण्डको सलाम

featured-news

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठको शालिकमा सलाम गरेका छन् । २२ औं शसष्त्र प्रहरी दिवसका अवसरमा शसष्त्र प्रहरी बलको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सलामा गरेका हुन् ।

शसष्त्र प्रहरीको पहिलो प्रहरी महानिरीक्षक श्रेष्ठ तत्कालिन विद्रोही माओवादीका छापामारको गोली प्रहारबाट मारिएका उच्च सुरक्षा अधिकारी हुन् ।

ललितपुरको बागडोलमा ०५९ माघ १२ गते ‘मर्निङ वाक’मा हिँडेका बेला श्रेष्ठसहित उनकी पत्नी नुडुप र श्रेष्ठका अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीलाई माओवादी छापामारले गोली हानेर मारेका थिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार