Tuesday July 1, 2025 | |

का‌ग्रेसकाे मात्र सरकार नभएकाले धेरै काम गर्न सकिएको छैन: प्रधानमन्त्री देउवा

featured-news

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको मात्र नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नभएको बताएका छन्। आइतबार काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसको मात्र सरकार नभएकाले धेरै कामको आशा गर्न नहुने बताए ।

‘एउटा कुरा के बुझ्नुपर्‍यो भने तपाईंहरुले, यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन। अरु कतिपय तपाईंहरुले अति महत्वपूर्ण कुराहरु उठाउनुभएको छ। कतिपय बजेटमा आएका छन्। छैनन् भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौँ’ उनले भने ।

 

श्रमिकको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ रहेको भन्दै प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

 

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेकाले श्रमिकको समस्या समाधानका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार