Saturday April 27, 2024 | |

काठमाडौंको कान्तिपथमा विना दर्ता ‘ग्राण्डी सिटी हस्पिटल’ सञ्चालन

featured-news

काठमाडौं – काठमाडौंको मुटु मानिने स्थान कान्तिपथमा ‘ग्राण्डी सिटी हस्पिटल’ नामको अस्पताल विना दर्ता चलिरहेको तथ्य खुलेको छ । आफूलाई २४ शैयाको विश्वस्तरीय सेवा दिने अस्पताल भनेर दाबी गर्ने अस्पताल ७ वर्षदेखि विना दर्ता चलेको खुलेको हो ।

ग्राण्डी सिटी हस्पिटल स्थानीय तह, प्रदेश तथा संघका कुनै पनि निकायमा संस्था दर्ता नरहेको पाइएको छ । दर्ता नभई अस्पताल सञ्चालन भइरहेको भन्ने उजुरी परेपछि स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाले खोजी गरेको थियो । महाशाखाले गएको असार ३१ गते ग्राण्डी सिटी हस्पिटललाई पत्राचार गरेर संस्थाको स्वास्थ्य सेवा सञ्चालन स्वीकृति दिने निकायको प्रमाणित प्रतिलिपि तीन दिनभित्र पठाउन निर्देशन दिएको थियो ।

136038463_410581856855463_5483798029327550165_n

उक्त हस्पिटलले विभागको पत्राचारको वास्ता गरेन, मागेको कुनै पनि विवरण बुझाएन । महाशाखाले गत असार २६ गते वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरी उक्त अस्पतालको दर्ता प्रक्रियाबारे सोधेको थियो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले गत साउन ८ गते जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंलाई पत्राचार गर्दै उक्त अस्पतालको दर्ताबारे सोध्यो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोजी गर्दा ग्राण्डी सिटी हस्पिटल दर्ता भएको फेला परेन ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले उक्त अस्पताल दर्ता नभएको जानकारी साउन ९ गते स्वास्थ्य सेवा विभागलाई दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखालाई पठाएको पत्रमा भनिएको छ, प्रस्तुत विषयमा ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिको सञ्चालन अनुमति सम्बन्धमा तहाँबाट जानकारी माग भएको सम्बन्धमा यस कार्यालयको अभिलेख अनुसार उक्त स्वास्थ्य संस्थाले यस कार्यालयबाट स्वास्थ्य संस्था सञ्चालनको अनुमति लिएको नदेखिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

136060969_153768299876677_2939255366061784616_n

उजुरीको आधारमा ग्राण्डी सिटीको दर्ता प्रक्रियाबारे अस्पताललाई पत्राचार गर्ने बाहेक महाशाखले छानविन समेत गरेको थियो । तर कारवाही प्रक्रिया भने त्यतिकै अल्झिएको छ । उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल अनुसन्धान भइरहेको र दोषी भेटिए कारवाही गर्ने बताउँछन् ।

यसरी सुरु भएको थियो हस्पिटल

ज्योति भवन, कान्तिपथमा रहेको ग्राण्डी सिटी हस्पिटल सन् २०१३ मा धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटलको शाखाको रूपमा सञ्चालन भएको थियो । सञ्चालकहरूबीचको मतभेदका कारण कान्तिपथमा रहेको शाखा अस्पताल ‘ग्राण्डी सिटी हस्पिटल’ नामले सञ्चालन हुन थाल्यो ।
ग्राण्डी सिटी हस्पिटल दर्ता नभएको भनेर परेको उजुरीका सम्बन्धमा हस्पिटल प्रशासनसँग जानकारी माग्ने प्रयास गर्दा कुनै जानकारी उपलब्ध भएन । विना दर्ता सञ्चालित ग्राण्डी सिटी हस्पिटलले कान्तिपथको ज्योती भवनमा भाडासमेत नतिरी जवर्जस्ती बसेको पाइएको छ । अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दा कुनै सम्झौतामा सही नगरेको र बहाल रकम दिनसमते आलटाल गर्दै आएको समेत बुझिएको छ । तर, काठमाडौंको मुटुमा विना दर्ता अस्पताल खुलेआम रुपमा चल्दा पनि कारवाही हुन भने सकेको छैन ।

136194087_224957062496038_3824024475585555867_n

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार