विकास खर्च शीर्षकमा सरकारले दिएको थप साढे ६ करोडले संसद्ले ११ वटा गाडी खरिद गर्दै छ । सचिवालयले संसदीय समिति सभापतिहरूका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो । ११ गाडी खरिदका लागि टेन्डर आह्वान गरिएको र टेन्डरको म्याद १ असारमा सकिएपछि कम्पनी छनोट गरेर खरिद गरिने सचिवालयले जनाएको छ । जब कि एक महिनाअघि मात्रै सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिमा पाँचवटा गाडी किनेको थियो ।
अहिले संघीय संसद्मा ९२ गाडी छन् । ‘संसदीय समिति सभापतिका लागि नयाँ गाडी खरिद गर्नुपर्ने स्थिति छ । पाँचवटा नयाँ गाडी खरिद भइसकेका छन् । थप ११ वटा गाडी खरिद गर्न लागिएको हो । संसद्मा भएका पुराना गाडी मर्मत गर्नुपर्ने, समिति सभापति लामो यात्रामा जाँदा बाटोमै बिग्रिने समस्याका कारण नयाँ नै खरिद गर्न लागिएको हो,’ संसद् सचिवालयका एक सचिवले भने ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया