Friday April 26, 2024 | |

‘कबड्डी ३’ मा दयाहाङ, कर्म र उपासना

featured-news

काठमाण्डाै - झण्डै ३ महिनाअघि चलचित्र ‘कबड्डी ३’ को घोषणा गरिएको थियो । घोषणा गरिए पनि चलचित्रका पात्रहरु भने फाइनल भएका थिएनन् ।

एकताका अभिनेता प्रदिप खड्का चलचित्रमा रहने चर्चा समेत चलेको थियो । तर, प्रदिपले ‘कबड्डी ३’ मा आू उपलब्ध हुन नसक्ने बताएका थिए । अन्ततः ‘कबड्डी’ तेस्रो श्रृंखलाका रुपमा निर्माण हुनलागेको ‘कबड्डी ३’ मा अभिनय गर्ने कलाकारहरुको टुंगो लागेको छ । चलचित्रका लागि कलाकार फाइनल गरी कास्टलाई लिएर कार्यशालासमेत सुरु भइसकेको बताइएको छ ।

चलचित्रका लागि दयाहाङ राई, कर्म, विल्सनविक्रम राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । त्यससँगै फिमेल लिडका लागि ‘क्याप्टेन’ की अभिनेतृ उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ । अभिनेत्री ठकुरी हाल वर्कसपमा व्यस्त छिन् ।

चलचित्र मुस्ताङको सेरोफेरोमा केन्द्रित हुने बुझिएको छ । जेठदेखि छायांकनमा जाने भनिएको चलचित्रको छायांकन पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर गर्ने तयारी गरिएको छ ।

सिनेमा आर्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई रामबाबु गुरुङले बनाउन लागेका हुन् भनर् कथा तथा निर्देशन पनि गुरुङकाे नै रहनेछ । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार