Monday January 18, 2021 | |

मुम्बई हमलाको १२ वर्षः घटनाका मास्टरमाइन्ड पाकिस्तानमा रमाउँदै

featured-news

पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई) बाट निर्देशित लश्कर–ए–तोयबा आतंककारी समूहहरुले २६ नोभेम्बर सन् २००८ मा मुुम्बईका दुुईवटा पाँचतारे होटल, नरिमन हाउस, सिएसटी रेलवे स्टेशन, र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएर आतंकवादी आक्रमणको १२ वर्ष पुगको छ । आतंककारी आक्रमणमा ६ अमेरिकी नागरिक सहित १६६ जनाको ज्यान गएको थियो । जुन घटनालाई २६र११ का नामले चिनिन्छ ।

२६र११ आतंकवादी हमलाको विश्वव्यापी रुपमा निन्दा भयो । तर पनि आतंकवादी हमलाका अपराधीहरू विरुद्ध कारबाही गर्न पाकिस्तान गम्भीर नभएकोमा अन्तर्राष्ट्रिय समुदाय निरास बनेको छ ।

मुम्बई स्थित गैर सैनिक निशानाहरूमा गरिएका ती आतंकवादी आक्रमणहरूको १२ वर्षपछि पनि मानिसहरुको मस्तिष्कमा ताजै छ । यो भयंकर घटनाले पूरै विश्वलाई तरंगित पारेको थियो ।

पाकिस्तानले आतंकवादी समूहलाई राज्य नीतिको हतियारको रुपमा प्रयोग गरिरहेको छ । लस्कर ए तोयबा र जैस ए मुहम्मद जस्ता आतंकवादी संगठनलाई सञ्चालित गरी भारतमाथि हमला गराएको पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई) अझै निर्धक्क आतंककारीहरूको नेटवर्क चलाउन तल्लिन छ । आतंकवादी समूह लस्कर ए तोयबा पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई)बाट अझै निर्देशित सञ्चालित छन।

मुम्बई हमलाका मास्टरमाइन्ड तथा संयुक्त राष्ट्र संघले आतंकवादी मानेको लस्कर प्रमुख हाफिज सईद पाकिस्तानको आतिथ्यमा आनन्द लिइरहेको छ। सईद निर्धक्क स्वतन्त्र जीवनयापन गर्दै आएका छन् । पाकिस्तान आतंकवादीहरूका लागि सुरक्षित र ऊर्वर थलो हो ।

आक्रमणका मुख्य अभियुक्त सईदसहित सबै अहिले बाहिर छन् । सईदका साथी जफर इकबाल, यहया अजीज, अब्दुर्हमान मक्की स्वतन्त्र जीवनयापन गर्दै आएका छन् । अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले २५ अगस्त २००९ मा हाफिज सईदबिरूद्ध रेडकर्नर नोटिश जारी गरेको थियो । अमेरिकाले सईदलाई सईदमाथि १० मिलियन अमेरिकी डलरको ईनाम पनि राखेको छ ।

पाकिस्तानी सेना र सुरक्षाबलले कारवाही गरेको नाटक गर्छन्। सईदलाई डिसेम्बर २००१, मे २००२, अक्टोबर २००२, अगष्ट २००६मा दुई पटक, डिसेम्बर २००८, सेप्टेम्बर २००९, जनवरी २०१७ मा पक्राउ र धरौटीमा रिहा गरिएको थियो । सइदले आईएसआईको सहायतामा सन् १९९० को दशकमा पाकिस्तानमा लस्कर ए तोयबा आतंकवादी समूह गठन गरेका थिए । अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानको नाम आतंकवादलाई पाल्ने देशका रूपमा उल्लेख गरेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार