Saturday April 27, 2024 | |

नायिका रिस्ताको बलिउड डेब्यु, ‘साथिया तेरे बिना’ म्यूजिक भिडियो सार्वजनिक

featured-news

काठमाडौं- नेपाली नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यू गरेकी छिन् । उनको अभिनय रहेको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ ।

‘साथिया तेरे बिना’ गीतको म्युजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । उक्त गीत नेपालमै छायांकन गरिएको छ ।

पर्यटकीय नगरी पोखोरा आसपासका क्षेत्रमा छायांकन गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतीय मोडल मन्जील खट्टारले अभिनय गरेका छन् ।

गीतमा कार्तिक कुस र ज्योतिका तंगरीको स्वर, पुनित अवस्थीको संगीत र संजिव पाण्डेको शब्द रहेको छ ।

सम्राट शाक्यले निर्देशन गरेको भिडियोमा श्याम लामाको शृंगार, बसन्त घर्ति मगरको भीएफएक्स, पुरुसोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको छायांकन र कमल राईको कोरियोग्राफी रहेको छ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार