Saturday April 27, 2024 | |

हलिउड अभिनेत्री स्कारलेट जोहानसन विश्वकै सर्वाधिक कमाई गर्ने अभिनेत्री

featured-news

हलिउड अभिनेत्री स्कारलेट जोहानसन विश्वकै सर्वाधिक कमाई गर्ने अभिनेत्रीको सूचिमा परेकी छन्। फोर्ब्स म्यागजिनले केहीदिन अघि सार्वजनिक गरेको रिपोर्ट अनुसार स्कारलेट विश्वकै सर्वाधिक कमाई गर्ने अभिनेत्री बनेकी हुन्।

फोर्ब्सको रिपार्ट अनुसार सन् २०१७ जुन १ बाट २०१८ जुन १ सम्मको कमाई अनुसार स्कारलेट कमाइका हिसाबमा अगाडि देखिएकी हुन्। ३३ बर्षीया स्कारलेटले उक्त मितिमा ४।०५ मिलियन डलर आर्जन गरेकी छन्।

यो उनको अघिल्लो वर्षको तुलनामा करिब ४ गुणा बढि कमाइ हो।सर्वाधिक कमाइका हिसाबमा अघिल्लो वर्ष हलिउड अभिनेत्री एन्जेलिना जोली अग्रस्थानमा थिइन्। तर एन्जेलिनाको उक्त स्थानलार्इ पछाडि पार्दै स्कारलेट अग्रस्थानमा आएकी हुन्। अभिनेत्री स्कारलेट यस वर्षको हिट फिल्म ‘एभेन्जर्स इन्फिनिटीवार’ की मुख्य अभिनेत्री समेत हुन्।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार