Friday April 26, 2024 | |

रेड कार्पेटमा प्रियंका

featured-news

फ्रान्समा जारी ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी छिन् । उनले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।

रेड कार्पेटमा प्रियंका रातो पोशाकमा पुगेकी थिइन् । रेड कार्पेटमा उनलाई झनै सुन्दर देखिएको थियो । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका तस्वीरलाई फ्यानले रुचाएको प्रतिक्रिया दिएका छन् । रातो पोशाकमा उनलाई झनै सुन्दर देखिएको फ्यानले कमेन्ट गरेका छन् ।

प्रियंकाले फेस्टिभलमा सहभागी हुँदाको यो पल निकै सुन्दर लागेको बताएकी छिन् । प्रियंकाले यसअघि लगाएका पोशाकमा भने फ्यानले बलिउड अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको पोशाकको नक्कल गरेको भन्दै विरोध जनाएका थिए । प्रियंकाको यो पोशाकको भने सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

 
 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार