Tuesday March 19, 2024 | |

उपेन्द्र यादवको हारसंगै के मधेसले यो कुरा बुझेको छ ?

featured-news

मधेशवादी दलहरु गणतन्त्रात्मक नेपालको सत्तासमीकरणका ज्वाँई पदमा सँधै रहेका हुन् । सत्ता समीकरणमा मधेशको कुरा लिएर छिर्ने र महत्वपूर्ण पदमा आसिन हुने केहि महत्वपूर्ण नेताहरुले यस पटकको चुनावमा मधेशमा गोलखाडी खाएका छन् ।

पूर्व उपप्रधानमन्त्री, पूर्व आपूर्ति मन्त्री जस्ता पदमा सत्तासीन उपेन्द्र यादव र राजेन्द्र महतोको महत्व तराइमा घटेकै हो त ? हुन त बिमलेन्द्र निधिलाई उछिनेका महतोको पेशागत संगठनहरुमा निकै बलियो पकड रहेको उनकै आफ्नै दावी नभएको हैन । तर अब मधेश जागरुक भइसकेको छ ।

मधेशको राजनितिमा चाँही दक्षिणपन्थी र उत्तरपन्थीका आरोपहरु असाध्यै सुनिन्छ । मधेसका हरेक उदयमान नेताहरु र एजेन्डामा भारतको हात रहेको चर्चा पनि गरिन्छ तर यर्थाथ पटक्कै त्यस्तो हैन । स्पष्ट स्वरुपमा भन्ने हो भनेँ धोती लगाएर र तराइको लवजमा बोल्ने बित्तिकै कोही पनि भारतपक्षका हुन भन्ने रहँदैन ।

राष्ट्रघातको कुरा गर्ने हो भनेँ तिनै मधेशका आवाज उठाउने नेताहरु नै सत्तासीन भएपछि चीनपरस्त भएका उदहारणमात्र हैन प्रमाणहरु नै प्रसस्त छन् । यहि कारणले यस पटकको चुनावमा जनताले मधेशमा पुराना अनुहारहरु सदनमा पठाउन चाहेनन ।

http://www.xinhuanet.com/english/2021-05/27/c_139972724.htm
जिनुवा न्यूजको यस लिंकमा कोभिडका समयमा चीनको गुनगान गाउने नेपाली नेतृत्वहरुका बारेमा लेखिएको तपाँई आँफै पढ्न सक्नुहुन्छ । र यस फेरिहिस्तमा भएमा नेताहरुको यस चुनावमा जय पराजय या के भएको छ तपाँईले बुझ्नु हुनेछ । कोभिडको बेलामा चीन सरकारको सहयोगको असाधारण गुनगान गाउने उपेन्द्र यादवको सत्ताको आरोह अवरोह बिवाद भन्दा पर कहिल्यै रहन सकेन ।

मधेश आन्दोलनमा पहाडी र मेधशी समुदायबिच फैलाएको त्रासका समयमा घरजग्गा कारोवार र अन्य अपराधका मुद्धामा पनि यि व्यक्ति अछुतो थिएनन ।मधेशले खोजेको एकता र बिकास दिन नसकेर बिवाद र बिभेदको राजनिति गर्ने फोहोरी अनुहारहरुलाई जनताले छेउ त लगाएको छ तर यि बिरुद्ध यिनका कर्तुतहरु भण्डाफोर गर्ने अभियानहरु ल्याउन जरुरी देखिन्छ ।

उता यसपाला रुपन्देहीमा मत गणना रोक्ने अनि भारतीय दुतावासले यति पैसा दिन् भन्दा दिएन भनेर सामाजिक सञ्जालमा राइला मचाउने उम्मेदवार डाक्टर निकोलस पनि अर्का बिवादित र भ्रष्ट मानिएका नेता बिष्णु पौडेलसंग हारेका छन् । चुनावी एजेण्डाका लागि भारतीय शक्तिलाई आधारबिना दोष दिने चुनावी फन्डाहरु पनि बन्द हुन जरुरी छ । देशको बिकास या बिनाश छिमेकीले हैन, आँफैले गर्नुपर्दछ, जोगाउनुपर्दछ । मधेशले यी कुराहरु बुझ्न जरुरी छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार