Friday April 26, 2024 | |

प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो

featured-news

विराटनगर - प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो । 

सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको हुन् र यो प्रस्तावको पक्षमा दुई तिहाइ मत खसेको छ ।

राजधानी विराटनगरको पक्षमा ८६ मत खसेको थियो । प्रस्तावको विपक्षमा मत खसेन । प्रदेश १ संसद्मा ९३ सदस्य छन् । प्रदेशसभा सदस्य कांग्रेसका ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधर, नेकपाका गणेश काङमाङ संघीय समाजवादीमा फोरमका रामचन्द्र लिम्बु र राधा थापा मतदानमा अनुपस्थित थिए । यो समाचार किशोर बुढाथोकीले अन्नपूर्णमा लेखेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार