Friday April 26, 2024 | |

रबिनको अभिनय रहेको रोमान्टिक गीत ‘बादलू उड्ने हिमाली पाखामा’ सार्वजनिक

featured-news

काठमाडौं । वि.सं. २०५३ मा पहिलो पटक ‘सस्पेन्स’ नामक म्युजिक ब्याण्डबाट उदाएका गायक प्रमोद निर्बानको नयाँ गीत ‘बादलू उड्ने हिमाली पाखामा’ सार्वजनिक भएको छ ।

1_2
दर्शक तथा स्रोताको नजरमा एउटा छुट्टै पहिचान बनाएको ‘निर्वान एण्ड म्युजिक लिंक’ ब्याण्डको ‘बादलू उड्ने हिमाली पाखामा’ भर्खरै मात्र सार्वजनिक गरिएको हो ।
निकै रोमान्टिक यो गीतको भिडियोको शब्द, संगीत र अरेन्ज ब्यान्ड आफैले गरेको थियो । गीत विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई अर्जुन सापकोटाले खिचेका छन् । दर्शक तथा स्रोताको मन मस्तिष्कमा बस्न सफल भइसकेको यस ब्याण्डको नयाँ गीतलाई पनि दर्शकहरूले रुचाइरहेका छन् ।
भिडियोमा रबिन खड्का, सीमा केसी र नवी थापा थापाको अभिनय रहेको छ । गीतमा निकै रोमान्टीक अभिनय गर्न सफल रबिन यसअघि जापानमा पनि अन्जु पन्तको गितमा मोडलिङ गरिसकेका छन् ।
हेर्नुस् गीत

https://www.youtube.com/watch?v=8Pq0t72MsU0

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार