Friday April 26, 2024 | |

सी–विचारधारा : ‘यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्छ’

featured-news

छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् ।

उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नै पर्छ । चीनले आफ्नो शासन प्रणालीलाई अनुशासित र सबल प्रणालीका रूपमा चित्रण गर्दै आएको छ । उसले छिमेकमार्फत यसलाई प्रचार गर्ने नीति लिएको छ । छिमेक नीति स्पष्ट पारेर चीन आफ्नो प्रभावमा दत्तचित्त भएको विज्ञको टिप्पणी छ । यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्ने धारणा उनीहरू राख्छन् ।

सत्तारुढ दल एकातिर ढल्किँदा नेपालको विदेश नीतिमा असामञ्जस्य आउने उनीहरूको तर्क छ । नेकपाभित्र चीनसँग नजिक हुने प्रतिस्पर्धा चलेको छ । 

राजनीतिकशास्त्रका प्राध्यापक श्रीधर खत्रीले यसलाई ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन् । ‘यस प्रकारको प्रशिक्षण चाकडीको हद र अनावश्यक हो । हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा छौं’, उनले मंगलबार अन्नपूर्णसँग भने, ‘सीको विचार एक मुलुक एक दल (एकदलीय व्यवस्था)मा केन्द्रित छ । विचारै मिल्दैन । अन्य अनुभव सुन्न मिल्ला तर अवधारणाको प्रशिक्षण फरक हो ।’

सरकारसँग दुईतिहाइ समर्थन रहे पनि सिद्धान्ततः संविधानअनुरूप अघि बढ्नुपर्ने सुझाव उनले दिए । ‘नेकपा बहुदलीय व्यवस्थामा प्रतिबद्ध छ । उसको घोषणापत्रमा पनि त्यही छ’, उनले भने, ‘तर, ‘अहिले प्रशिक्षण एकदलीय संरचनाको हुँदा सिद्धान्त मेल खाँदैन ।’ नेपालले बदलिँदो कूटनीतिक परिवेश र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्ने उनले बताए । ‘भारत र चीनका राष्ट्र एवं सरकार प्रमुखको भ्रमण हुनु राम्रो नीति हो’, उनले भने । 

नेकपामा सी विचारप्रतिको आकर्षण बढ्दो देखिँदा त्यसतर्फ ढल्किएको हुन सक्ने आकलन उनको छ । यो समचार अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार