Saturday April 27, 2024 | |

राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैनः उपराष्ट्रपति

featured-news

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्ट व्यक्त गरेका छन् । संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको उल्लेख गरेका छन् । संविधानको पालना गर्ने जिम्मा सबैको हुने र सबैले यसको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनि आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ । उनलेृ भने,‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । ’

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार