Saturday April 27, 2024 | |

कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ५ सय नाघ्यो

featured-news

काठमाडौं- कतारमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय नाघेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ जना नयाँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमितको संख्या १५ हजार ५ सय ५१ पुगेको छ ।

विश्वका २१२ देशमा फैलिएको कोरोनाको महामारी कतारमा पनि बढ्दै गएको छ । तर कतारमा कोरोना संक्रमित दर तीब्र देखिए पनि मृत्युदर भने कम छ ।

हालसम्म कतारमा संक्रमितमध्ये १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ६ सय ६४ जना उपचारपछि निको भएका छन् ।

कतारमा करिब ४ लाखको हारहारीमा नेपाली श्रमिक रहेको बताइन्छ । ठूलो संख्यामा नेपाली श्रमिकहरु रहेको हुँदा कतारस्थित नेपाली दूतावासले उनीहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार