Saturday April 27, 2024 | |

गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक

featured-news

सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ । गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो ।

‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्याएको छ । विधेयकलाई स्थगन सबै एकजुट भएर अघि बढ्नुपर्दछ’ सोमबार राजधानीमा आयोजित विरोधसभामा बोल्दै प्रा.डा केदारभक्त माथेमाले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार