Saturday April 27, 2024 | |

मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्था ‘स्थिर’

featured-news

काठमाडौं– सडक दुर्घटनामा गम्भीर घाइते भएकी मोडल तथा कलाकार निशा घिमिरेको उपचार गरिरहेको नर्भिक अस्पतालले घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको जनाएको छ । अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन अफिसर सोमनाथ बास्तोलाले मंगलबार पत्रकारमाझ घिमिरेको स्वास्थ्य स्थिर रहेको बताएका छन् ।

अस्पतालद्वारा जारी विज्ञप्तीमा निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध भएसम्मका प्रविधि, सीप र विधिको प्रयोग गरिए पनि स्वास्थ्यमा खासै सुधार नभएको जनाइएको छ ।

निशाका बुवा प्रेम घिमिरेले छोरीको स्वास्थ्य अवस्था धेरै गम्भीर र धेरै सामान्य पनि नरहेको उल्लेख गरे । ‘हामीले बोलाउदा उसले संकेत गर्छे । अक्सिजनको मास्कले गर्दा बोल्न खोज्ने अवस्था छैन । झोलिय खानेकुराहरु पाइपको सहायताले दिइरहेका छौं’, प्रेमले खबरहबसँग भने,‘डाक्टरले उनको थेरापी गर्नुपर्छ भन्नुभएको छ ।’

केही समयदेखि अचेत अवस्थामा घरमै रहेकी निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएकी थिइन् ।

तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार