Thursday April 25, 2024 | |

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

featured-news

चितवन– चितवनको वरन्डाभार संरक्षित वन क्षेत्रमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपालका अनुसार वनका हेरालुहरुले गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको हो ।

‘हिजो बेलुका नवजागृति सामुदायिक वन र चर्तुमुखी सामुदायिक वनको सिमानाको घाँसे मैदानमा खागजस्तो देखिने वस्तु शंका लागेर वनका कर्मचारीले खबर गर्नुभयो,’ नेपालले भने, ‘आज यसलाई सुरक्षित गरेर ल्याइएको छ ।’

खागको प्रकृति हेर्दा चोरी–सिकारी गर्ने उद्देश्य नभई गैडा आपसमा जुधेर झरेको हुन सक्ने उनले बताए । खागलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइने उनले जानकारी दिए । रासस

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार