Friday April 26, 2024 | |

नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकोप्टर प्रयोग

featured-news

काठमाडौँ – नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसालिएको छ ।

बिहानदेखि लागेको भीषण डढेलो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट पानी खसालिएको हो ।

यसका साथै आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकलसमेत परिचालन गरिएको छ ।

तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टरको प्रयोग गरिएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको छ ।

बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलका अनुसार हेलिकोप्टरले एक पटकमा ५ सय लिटर पानी बोक्न मिल्छ । ‘दुईरतीन वटा हेलिकोप्टर छ, पालैपिलो पानी हालिरहेको छ’, उनले भने, ‘दमकलले भेट्ने ठाउँबाहेकका क्षेत्रमा हेलिकोप्टरबाट पानी हालिएको हो ।’ खरेलका अनुसार डढेलो वस्ती छेऊमा आउन लागेकाले त्यसक्षेत्रमा दमकल राखिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार