Friday April 19, 2024 | |

नयाँबस्तीमा भेटिएको मानव अंगको डीएनए परीक्षण गर्ने तयारीमा प्रहरी

featured-news

काठमाडौँ– काठमाडौँको बौद्धस्थित नयाँबस्तीमा बोरामा पोको पारेर फ्याकिएको अवस्थामा भेटिएको मानव अंगको प्रहरीले डीएनए परीक्षण गराउने तयारी गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उक्त अंग पुरुष वा महिला कसको हो भन्ने खुल्न नसकेकाले लिंग पहिचानका लागि डीएनए परीक्षण गराउने तयारी गरेको हो।

परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘मानिसको खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्टयाउनसमेत कठिन भएकाले हामीले पहिचान गर्न डीएनए परीक्षण गर्ने तयारी गरेका छौँ ।’

घटना गम्भिर प्रकृतिको भएकाले आज बिहान शवको अंश भेटिएसँगै प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि बोलाएको थियो । टोलीले पनि डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएको छ ।

शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको एसएसपी सिंहले बताए । पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिएको उनले बताए ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार