Saturday December 21, 2024 | |

निजी जीवनमा निकै कञ्जुस सारा

featured-news

मुम्बई । अभिनेत्री सारा अली खान हालका दिनमा फिल्म ‘जरा हटके जरा बचके’का कारण चर्चामा छिन् । यो फिल्म शुक्रबारबाट रिलिज भइसकेको छ । फ्यानले फिल्म मनपराइरहेका छन् ।

यही बीचमा साराले एक अन्तरवार्तामा आफू निजी जीवनमा निकै कन्जुस रहेको खुलासा गरेकी छन् । हालै सारा ‘आइफा २०२३’ सहभागी हुन अबुधाबी पुगेकी थिइन् ।

जहाँ उनले मिडियासँग आफ्नो निजी जीवनका बारेमा खुलेर कुराकानी गरेकी थिइन् । ‘म वास्तविक जीवनमा निकै कन्जुस छु । जब म अधुधाबी आएँ, मलाई निर्माता दिनेश विजाको एक भ्वाइस सन्देश आयो । जसमा उनले यहाँ रोमिङ मात्र ४०० रुपैंयाँमा आउने बताउँदै यसलाई लिन भनेका थिए । त्यसपछि रोमिङको शुल्क कति भनेर सोध्दा १० दिनको ३००० रुपैंयाँ थाहा पाएँ । मैले यहाँ एक दिनका लागि मात्र आएको भएर आफ्नो हेयर ड्रेसरको हटस्पटले काम चलाएँ’, उनले भनेकी छन् ।

यसअघि विक्की कौशलले एक प्रमोसन इभेन्टमा साराको विषयलाइ लिएर खुलासा गरेका थिए । उनका अनुसार साराले तौलिया किन्नका लागि निकै गाली खाएकी थिइन् । किनकी त्यो तौलियाको मूलय १६ सय रुपैंयाँ थियो । त्यस्तो तौलिया भेनिटी भेनमा दुई तीनवटा निशुल्क प्रयोग गर्न पाइन्थ्यो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार