Sunday April 28, 2024 | |

क्रिप्टो करेन्सीको कारोबार गर्ने पाँच जना पक्राउ

featured-news

काठमाडौँ – प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोबार गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । वान एक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड भन्दा बढिको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारीदिए ।


त्यस्तै पक्राउ परेका अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौंको कारोवार गरेको देखिएको केसीले बताए । पक्राउ परेका लामिछानेसंग ३५ लाख नगद पनि बरामद गरिएको केसीले बताए ।

पक्राउ परेका व्यक्तिहरुबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोवार गर्ने प्रमाणहरु फेला परेको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार