काठमाडौं । कञ्चनपुरको बेलौरीमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार गरिएको छ ।
करिब एक, डेढ वर्ष उमेरको देखिने शिशुलाई बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हात बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीय नागरिकहरूले उद्धार गरेका हुन् ।
सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको शिशुको हात दोपट्टाले बाँधिएको थियो । शिशुको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको छ ।
श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको उपचार भइरहेको र तिनका अभिभावकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीको भनाइ छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया