Wednesday April 24, 2024 | |

वीपी राजमार्ग खुल्यो

featured-news

२ साउन, काठमाडौं । लेदो माटोसहितको पहिरो खसेपछि अवरुद्ध भएको वीपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका-५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो अवरुद्ध भएको थियो ।

डोजरले माटो पन्छाएपछि बिहानपख बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बाटो बन्द हुँदा काठमाडौंतर्फबाट जाने गाडीलाई काभ्रेमा र पूर्वतर्फबाट आउने गाडीलाई सिन्धुलीमा रोकिएको थियो ।

एकतर्फी बाटो खुलेपछि गाडीहरु पालैपालो गन्तव्यमा जान थालेका छन् । क्रसरको लेदो माटो खस्दा बाटो बन्द हुने र डोजरको सहायताले खुलाउने गरिएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार