Friday April 26, 2024 | |

युएइसँग २१ रनले नेपाल पराजित

featured-news

पहिलो टी–२० म्याचमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । युएइले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेलेर १ सय ३२ रन मात्रै बनाउन सक्यो ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले अर्धसतकीय पारी खेलेपनि जीत दिलाउन सकेनन् । कप्तान पारस खड्काले २५ रन बनाए ।

यूएईका लागि शैमन अन्वारले ५९ रन बनाए । त्यस्तै मोहम्मद बुटाले २० रन बनाए । युएईका मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रनमा आउट भए । यसअघि घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई(दुई विकेट लिएका छन् । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान एक(एक विकेट लिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार