Friday April 26, 2024 | |

एसपी विष्टको डीएनए जाँच

featured-news

काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन अनुसन्धानमा संग्लन उच्च प्रहरी अधिकारीतर्फ नै सोझिएको छ ।
 प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरेको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका फोरेन्सिक विशेषज्ञ प्रा.डा.हरिहर वस्तीले बिहीबार नमूना संकलन गरेर प्रहरीलाई बुझाएका हुन्। ‘मैले आज बिहान डीएनए परीक्षणका लागि निलम्बित एसपी विष्टबाट नमूना संकलन गरेर प्रहरीलाई बुझाएको छु’, डा. वस्तीले भने।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले निलम्बित एसपी विष्ट, उनका छोरा किरण र कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको रगतको नमुना संकलन गरिएको जानकारी दिए। 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार